GB Koirala Banner Ad New

पत्रकारका लागि अक्सिजन सहित नौ शय्याको कोभिड होल्डिङ सेन्टर सञ्चालन

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को जोखिममा रहेका पत्रकारहरूका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथि गृहलाई अक्सिजन सहितको होल्डिङ सेन्टरमा रूपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले बताए ।

कोभिड सङ्क्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाई छ ।

‘फ्रन्टलाइनमा खटिएका पत्रकारहरूलाई कोरोना सङ्क्रमण भएमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ’, पोखरेलले भने । होल्डिङ सेन्टर स्थापनाका लागि महासङ्घलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।