काठमाडौ । वरिष्ठ संगीतकार एवं गायककार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ। बिहान छातीमा समस्या भएपछि न्युरो अस्पतालमा भर्ना गरि उपचार भैरहेको थियो।
उहाँ हामी वीच भौतिक रुपले रहनुभएन भन्ने खबरले मर्माहत एवं दुखि बनायो। वहाँको निधनले नेपाली संगीत र गीतका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
सागीतिक आकाशमा वहँको स्वर सँधै गुन्जिनेछन् र अमर रहनेछन्। कालजयी गीत उहाँले हामी वीच छाडेर जानू भएको छ। नेपाली संगीतमा वहाँको योगदानको कदर गर्दै स्वर्गिय प्रधान प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ।































