GB Koirala Banner Ad New

कोरोनाले ५८ जनाको मृत्यु

काठमाडौ । हिजो २०७८ बैशाख २२ गते बेलुकी नेपाल सरकारले प्रकाशित गरेको जानकारी अनुसार नेपालमा ३,५९,६१० कुल कोरोना रोगीहरुको संख्या पुगेको छ।

मर्नेहरुको कुल संख्या ३,४७५ पुगेको छ । नेपालभर हिजो ८,६०५ नयाँ कोरोना रोग संक्रमित रोगीहरु भेटिएका छन । हिजो नेपाल सरकारले २०,७५६ पीसीआरटी परीक्षण गरेको थियो र त्यसबाट नेपालमा कोरोना रोगीहरुको संख्या ४१.४५७ प्रतिशत रहेको पुष्टी भएको छ ।

२०७८ माघ १४ गतेबाट नेपाल सरकारले कोरोना बिरुद्धको खोप लगाउन नेपालभर सुरु गरेको थियो । भारतबाट नेपाली जनतालाई उपहारको रुपमा प्राप्त १० लाख डोज खोपबाट ४ लाख ५० हजार नेपालीलाई खोप दिने काम नेपालभर प्रथम चरणमा सम्पन्न भयो । अहिले दिएको खोपको प्रभावकारिता ६२ प्रतिशत भएको जानकारी दिईएको छ ।

यो खोप लगाएकाहरु १०० मा ६२ जना कोरोना रोगबाट सुरक्षित रहनेछन । चीनले पनि ७८ प्रतिशत प्रभावकारिता भएको ८ लाख डोज कोरोनाको खोप नेपाललाई सहयोग स्वरुप दिने प्रतिबद्धता जनाएकोमा सो खोप प्राप्त भैसकेको छ । नेपाल सरकारले उक्त खोप चीनमा पढ्न जाने नेपाली बिद्यार्थीहरु,चीनतिर व्यापार गर्ने व्यापारीहरु र सर्वसाधारण नेपालीहरूलाई लगाउन सुरु गरेको छ ।

नेपालमा ५५ बर्ष भन्दा माथिका १० लाख नेपाली जनतालाई खोप दिनका लागि भारतबाट सहुलियत दरमा २० लाख मात्रा खोप खरिद गर्ने निर्णय गरेकोमा केबल १० लाख डोज खोप मात्रै हाल सम्म प्राप्त भएको छ ।

हिजो २०७८ बैशाख २२ गते ५८ जना कोरोना रोगीहरुको मृत्यु भएको सरकारले जनाएको छ । यो सँगै एकै दिनमा ५५ जना कोरोना रोगीहरु मरेको २०७८ बैशाख २१ गतेको पुरानो उच्च रेकर्ड आजै तोडिएको छ र नयाँ उच्च रेकर्ड ५८ कायम भएको छ ।

नेपालमा कोरोना महामारीको दोस्रो पिक विज्ञहरुले भनेकै समय बैशाख महिनाबाट शुरू भएको छ। यो पिक आवर बैशाख,जेठ,असार र साउन सम्म रहनेछ । त्यसैले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु यथावत अपनाउनु पर्ने नेपाल सरकारले जनाएको छ । ६५ बर्ष माथि उमेर भएका सबै नेपाली जनतालाई खोप लगाउने कार्य सरकारले सम्पन्न गरेको छ ।

पहिलो डोज खोप २१ लाखले र दोस्रो खोपको डोज ३ लाख ७० हजारले लगाई सकेका छन। संसारभर कोभिडको प्रकोप बढेको छ भने भारत र नेपालमा पनि अत्याधिक बढेको छ । नेपालमा नयाँ संक्रमण हुने दर २ प्रतिशत भन्दा तल झरि सकेकोमा हाल पुनस् बढेर ४७ प्रतिशत नाघेको छ ।

अक्सीजनको अभावले कोरोना रोगीहरु अकालमा मर्न सक्ने संभावना नेपालमा पनि देखिएको छ । नेपालमा दैनिक ३० हजार कोरोना रोगीहरु लागि पुग्ने प्राणबायु अक्सीजन उत्पादन गर्न सकिने क्षमता भए पनि सिलिण्डरको अभाव भएको उत्पादकहरुले जनाएका छन ।

सबै प्रमुख सरकारी अस्पतालहरुको अक्सीजन उत्पादन गर्ने प्लाण्टहरु बिग्रेकाले सिलिण्डरबाटै अक्सिजन दिने गरिएका छन । यो हुँदा एउटै बिरामीका लागि पनि २४ घण्टामा ३ सिलिण्डर सम्म अक्सीजन प्राणबायु चाहिने जानकारहरुले बताईरहेका छन । जानकारीमा आए अनुसार अहिले अक्सीजन उत्पादन गर्ने प्लान्टहरुलाई सरकारले प्रयाप्त बिजुली दिन सकिरहेको छैन ।

२० सन् २०२१ मे ५ तारेखको मध्यरात्री सम्ममा संसारभर कोरोना रोगबाट मर्नेहरुको कुल संख्या ३,२४१,०२४ पुगेको छ । पछिल्लो २४ घण्टा भित्र मर्नेहरुको कुल संख्या १३,६४८ रहेको छ ।

अमेरिकामा ८५३, भारतमा ३,७८६, ब्राजिलमा ३,०२५ , रसियामा ३३७, फ्रान्समा २४७, ईटालीमा ३०५, टर्कीमा ३३६, जर्मनी २६५, कोलम्वियामा ४६३, आर्जेन्टिनामा ४१०, ईरानमा ३४४, युक्रेनमा १६६, पेरुमा २९९, ईण्डोनेशियामा १८८, हंगेरीमा १३७, पाकिस्तान १६१, ट्युनिशियामा १०१, कोरोना रोगीहरु पछिल्लो २४ घण्टा भित्र मरेका छन । बिश्वका अन्य मुलुकहरुमा मर्नेहरुको संख्या भने १०० भन्दा तलै छन तर धेरै युरोपियन मुलुकहरुमा मर्नेहरुको संख्या बृद्धि कायमै छ । विक्लीभेरिएसन अनुसार संसार भर मर्नेहरुको कुल संख्यामा पनि बृद्धि कायमै रहेको छ ।

बितेको २४ घन्टा भित्र मर्नेहरुको संख्या १३,६४८ रहेको छ । अमेरिकामा मर्नेहरुको संख्यामा १ हजारबाट केही तल झरी ८५३ भएको छ । संसारभरको कोरोनाको ताजा तथ्याङ्क निम्न छन :
कुल कोरोना रोग संक्रमितहरुको संख्या १५४,९७३,०४८ जना.
कुल कोरोना रोगबाट मरेकाहरुको संख्या ३,२४१,०२४ जना.
कुल कोरोना रोगबाट मुक्तहरुको संख्या १३२,४२७,२८६ जना रहेको छ।