GB Koirala Banner Ad New

उपत्यकामा हिँडडुलमै प्रतिबन्ध लगाउने तयारी

काठमाडौँ । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले गरिएको निषेधाज्ञा पछि पनि भिडभाड नघटेपछि उपत्यकामा थप कडाइ गरिने भएको छ ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सवारी साधनदेखि पैदल यात्रुहरूको अनावश्यक भिड देखिन थालेपछि बुधवारदेखि हिँडडुलमा नै कडाइ गर्ने कि भन्ने विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए ।

‘तरकारी किन्ने बहानामा एउटा पोको बोकेर बिहान बेलुकी लुखुर लुखुर हिड्नेहरुको भिड नियन्त्रण अनिवार्य भई सकेको छ’, प्रजिअ निरौलाले प्रशासनसँग भने, ‘यो विषय परिस्थितिमा पनि अनेक बहाना बनाउनेलाई कारबाही नै गर्ने भनेर लेखि पठाउने विषयमा छलफल भएको छ’

पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ४२ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका छन् ।