GB Koirala Banner Ad New

डेढ दर्जन डिआईजीकाे सरूवा तयारी

काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका डेढ दर्जन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको तयारी थालेको छ ।

एक वर्ष अगाडि सरूवा र पदस्थापन भएका प्रदेश प्रहरी प्रमुख रहेका ७ जना,प्रहरी प्रधान कार्यालय, विशेष व्यूराे, मानव वेचविखन व्युराे,लागू औषध व्यूराे,साइवर क्राइम व्यूराे र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीहरूको एक बर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले सरुवाको तयारी सुरु गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट ८ जना डीआईजीमा बढुवा भएका थिए। तिनिहरूलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो ।

जस अनुसार केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गर्ने तयारी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा, दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी छ ।

एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालका कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेल मध्ये एककाे सरूवा हुने बुझिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्की,लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐर वा डीआईजी मुकुन्द आचार्य मध्ये एकलाई पठाउने तयारी भएको छ ।

कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने तयारी छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । यधपी कार्य क्षमताका आधारमा सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ ।

डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने छाँटकाट देखिएको छ । यसैगरि लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी दिने तयारी भैरहेकाे छ ।