काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द«ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको श्री राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ । जनवरी २०२०मा शुरु भएको यस सहकार्यात्मक परियोजना, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा फागुन १६ गते सफलतापूर्वक सम्पन्न भई राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको छ ।
पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुन भरण क्षेत्र हो जहाँ भूमिगत जल पुन भरण हुन्छ, जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ।
ब्यारेकको परिसर भित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए। यी इनारहरू मार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ ।
यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तिन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो। भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।
साथसाथै, स्थानीय निकायहरू, नागरिक समाज सङ्गठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुन भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए ।
काठमाडौं उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो । घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुङ्गे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ । हरेक मनसुनमा भूमिगत जल छिद्र रहेका माटोको सतह तथा पोखरीहरूमा भुईँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुन भरण हुन्छ ।
साथै नजिकै रहेका पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट सङ्कलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुन भरण र भूमिगत जलको तह कायम राख्न (वा बढाउन) योगदान गर्दछ ।
यद्यपि यो भूमिगत जल तालिका, दुई प्रमुख कारणले गर्दा खस्कँदो छ–प्राकृतिक पुन भरण क्षेत्रहरू बन्द गर्नाले र भूमिगत जलको अनियन्त्रित दोहन गर्नाले सम्बन्धित संस्था वा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरूमा प्रवर्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुन भरण इनारहरूको निर्माण गरेर कृत्रिम पुन भरण प्रक्रिया मार्फत यो भूमिगत जल तालिकालाई कायम गर्न सकिन्छ ।
यो कार्य सामुदायिक पोखरीहरूलाई व्युताएर पनि गर्न सकिन्छ।भूमिगत जल पुन भरणले आँधीबेहरीका बखत आउने पानीको पनि व्यवस्थापन गर्दछ, जसले शहरी बाढीको न्यूनीकरण गर्दछ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने उहाँ यस कार्यक्रममा उपस्थित हुन पाउनु भएको खुशी व्यक्त गर्नु भयो । उहाले एकीकृत शहरी विकास केन्द«, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाई ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना संचालन गरेकोमा मुरीमुरी धन्यबाद दिनु भयो ।
अम्बुज सिंह, नेपालमा कोका–कोला कम्पनीका देशीय निर्देशकले भने, “हामीले हाम्रा पेय पदार्थमा प्रयोग गरेभन्दा धेरै पानी पुन भर्ने गर्नका लागि कोका–कोला कम्पनीले एउटा अग्रणी प्रतिबद्धता गरेको छ ।
पानीका स्रोतहरूको संरक्षण तथा पुन भर्र्नेे, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवर्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पु¥याउने हाम्रो जिम्मेवारी रहेको छ । शहरी तथा ग्रामीण समुदायहरूमा जल संरक्षण अभ्यासहरू तथा अन्य नवीनतम परियोजनाहरूलाई प्रोत्साहित गर्न र कार्यान्वयनलाई हाँक्नका लागि नेपालमा वाटरएडसँगको हाम्रो साझेदारीले गति लिँदै छ।”






























