GB Koirala Banner Ad New

पठाओ राइडरले ज्याकेट र ट्राउजर नलगाउने

काठमाडौं । पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) नलगाउन राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रा.ली.ले जनाएको छ ।एक विज्ञप्ति मंगलबार जारी गरी सो कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताउनुभयो ।

बस्नायतका अनुसार ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) सहित पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको छ । यदि कसैले प्रयोग गरे प्रशासनको कार्वाहीको भागिदार हुने तर कम्पनी सो बारे जवाफदेही नहुने उहाँले जानकारी दिनुभयो । पठाओको सेवा भने निर्वाध संचालन हुने उहाँले जानकारी दिनुभयो ।