GB Koirala Banner Ad New

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

काठमाडौं । मेलम्चीमा नक्कली पैसा छाप्ने मेसिन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली पैसा छापी कारोवार गरिरहेको सूचनाका आधारमा उनलाई हिजो मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टर सहित पक्राउ गरिएको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । पक्राउ परेका दनुवारबारे थप अनुसन्धान भइरहेको छ ।