काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटार लगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडर अन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
यस्तै आज प्रदेश–२ को जनकपुरमा रहेको राजविराज वितरण केन्द्रअन्तर्गतका फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाइन काटिँदै छ । यो वितरण केन्द्रअन्तर्गतका फिडरमा ३३ केबी क्षमताको लाइनको काम गर्न लागिएको हो ।





























