GB Koirala Banner Ad New

बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरु

काठमाडौं। काठमाडौंमा अवस्थित बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोगउप–प्रमुख श्रीमती नामग्यसी खम्पाले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीअधिकृत सुशिल ज्ञवालीले आज संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

सो शिलान्यास समारोहमा मन्दिर कामठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष  चक्रबन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

त्यस धर्मशालाको पुनर्निर्माण भारत सरकारको ५.८ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्थापना परियोजना मध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ ।

यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ । यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एव पुनस्थापनाका लागि नेपालसँग मिलेर कामगर्दै आएको छ। हामीसँग भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने प्रचुर सांस्कृतिक समानता तथा सम्पदा रहेका छन् ।

यस अघि गत नोभेम्बर २०१९ मा कूल २।२ करोडको लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधिस भवनको निर्माण भएको थियो । सांस्कृतिक सम्पदाको संरक्षण एव म्पुनस्र्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारत सरकार प्रतिबद्ध छ।