GB Koirala Banner Ad New

प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य सहित दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गतको खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान औपचारिक रुपमा सुरु भएको छ । उनले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठी लगायतले पनि खोप लगाएका छन् ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ । यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।