GB Koirala Banner Ad New

नेशनल लाइफको भव्य एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडीआरटी (Million Dollar Round Table) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्व रहेको थियो।

अन्तर्राष्ट्रिय अभिकर्ता फोरम एमडीआरटीले वर्ष २०२६ का लागि लक्ष्यित बीमाशुल्क संकलनका आधारमा यस वर्ष नेपालभरबाट छनोट भएका कुल ८३ जना अभिकर्तालाई सम्मान गरिएको छ। उनीहरूमध्ये टिओटीमा २ जना, सिओटीमा ४ जना तथा एमडीआरटीमा ७७ जना रहेका छन्।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा अभिकर्ताको भूमिका, लक्ष्य प्राप्ति रणनीति र आवश्यक व्यवसायिक सीप विकाससम्बन्धी तालिम प्रदान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरू कम्पनीको प्रमुख शक्ति भएको उल्लेख गर्दै अभिकर्तामै केन्द्रित नयाँ अभ्यासहरू शुरु गरिएको जानकारी दिए। उनले एमडीआरटी, सिओटी तथा टिओटी स्तरमा पुगेका अभिकर्ताहरूलाई विशेष सम्मानसमेत प्रदान गरे।

कम्पनीद्वारा ल्याइएको ‘चेज योर एमडीआरटी’ मासिक योजना मार्फत अभिकर्ताहरूलाई थप प्रोत्साहन दिइने र यसबाट परिणाम देखिन थालेको बताइएको छ। यसैगरी सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्ने तिनकुने शाखा पनि सम्मानित भयो।

समारोहमा उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले स्वागत मन्तव्य राखे भने नायब महाप्रबन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गरे।

मनोरञ्जनात्मक प्रस्तुति, उत्प्रेरक प्रशिक्षण र सम्मान समावेश कार्यक्रमका बीच अभिकर्ता व्यवसायीहरूले आफ्नो मेहनतको कदर हुन पाएको खुशी व्यक्त गरेका थिए।