GB Koirala Banner Ad New

भर्खरै आइपीओ निष्कासन गरेको महिला लघुवित्तको प्रगति आकर्षक

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । यो नाफा गत वर्षको भन्दा २११२.५४% धेरै हो । गत वर्ष कम्पनीले ३ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६१.६५% र १४९.९०% बढेको छ ।
गत वर्ष ९ करोड ९२ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १६ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ३ करोड १७ लाख रुपैयाँबाट बढोत्तरी गरेर ७ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म यसले ८६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड १८ लाख रुपैयाँ रहेको छ । महिलाको खराब कर्जा पनि २.५३% बाट घटेर २.२५% झरेको छ । महिलाको प्रतिसेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहेको छ । महिलाले गत माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।