GB Koirala Banner Ad New

गणपति लघुवित्तको वार्षिक साधारण सभा आज, १५.७९% लाभांश पारित हुँदै

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज फागुन २८ गते बस्ने भएको छ । सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले १५.७९% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश दिन लागेको हो ।

साथै, प्रस्तावित बोनस सेयरपछि पुँजी संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । गणपति मर्जर वा एक्विजिसनमा जान पनि तयार देखिएको छ ।

कुनै उपयुक्त लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।

साधारण सभाका लागि फागुन १४ देखि २८ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् ।