GB Koirala Banner Ad New

नयाँ रेकर्डपछि सुनको मूल्यमा ठूलो गिरावट, शुक्रबार प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य नयाँ रेकर्डपछि ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घटेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, अमेरिकी डलरको विनिमय दर, र लगानीकर्ता तथा आपूर्तिको माग–आपूर्तिको प्रभावका कारण सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने बताएका छन्।