मंगलबार नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। यस दिन साढे १ प्रतिशत घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ४२.५८ अंक घटेर २७२६.५१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंक घटेको छ। सोमबार १६ अर्ब ३५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको १ लाख ४२ हजार ४७६ पटकको कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।



































