GB Koirala Banner Ad New

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको आइपीओ नेप्सेमा सूचीकृत, कति पाए ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको आइपीओ सूचीकृत भएको छ । जसमा आइएमई लाइफको ४ करोड कित्ता सेयर बिहीबारसूचीकृत भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १७६.५३ रुपैयाँदेखि ५२९.५९ रुपैयाँसम्म तोकेको छ । सोही मूल्यभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । ‘आइएलआई’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

यता, नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८४.४७ रुपैयाँदेखि २५३.४१ रुपैयाँ रहेको छ । ‘एनआरएम’ संकेतमा सेयर कारोबार हुनेछ । अब आइतबार यी दुवै कम्पनीको पहिलो कारोबार तोकिएको मूल्यभित्र रहेर खुला हुनेछ ।