GB Koirala Banner Ad New

कुमारी बैंकको साढे २९ लाख संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ११९ रुपैयाँमा

काठमाडौं। कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर शिलबन्दी बोलकबोल मार्फत् बिक्री हुने जनाएको छ।

बैंकका विद्यमान संस्थापकले २९ लाख ६५ हजार ४२० कित्ता सेयर लिलामिमा राखेका हुन्। इन्छुक जो-कोही व्यक्ति अथवा संस्थाले आवेदन दिन सक्नेछ।

सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तय भएको छ। यस्तै न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न पाइन्छ।

भोलिबाट बोलकबोल पेश गर्न मिल्ने बैंकले जनाएको छ। आवेदन दिने अन्तिम म्याद जेठ २ गते रहेको छ।