GB Koirala Banner Ad New

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । सेयर कारोबार मापक नेप्से आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको छ । आइतबार कारोबार खुलेको १० मिनेट नबित्दै करिब ५० अंकले नेप्से परिसूचक घट्यो । त्यसपछि सम्हालिएको परिसूचक कारोबार बन्द हुँदासम्म ३२।८१ अंकले बढेर २ हजार ८ सय २० मा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ । आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् ।

घट्नेमा होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह रहेका छन् । सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह रहेको छ ।