GB Koirala Banner Ad New

प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटलले निष्कासन गरेको १० करोड इकाई प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज जेठ ९ गते आइतबार अन्तिम दिन हो ।  आज जेठ ९ गते आइतबार कार्यालय समय भित्र मात्रै आवेदन सकिने छ । बिक्रीमा ल्याएको १० करोड इकाईमध्ये फन्डले १४५ अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र १५ अर्थात १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

शुक्रबार बेलुकासम्म यसमा ५६ हजार ३१२ जना आवेदकले १३ करोड ६ लाख २० हजार ६०० इकाईमा आवेदन दिएका छन् । यो सर्वसाधारणले भर्न पाउने हिसाब गर्दा १।५३ गुणा धेरै इकाई हो ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रभु म्युचुअल फन्डको बिक्री खुल्ला गरेको हो । यसले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो । यो सात वर्षे बन्दमुखी योजना हो ।

फन्डमा न्यूनतम १०० देखि ८ करोड ५० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल प्रभु बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।