काठमाडौं । कुमारी ईक्वीटी फण्डको प्रति इकाई मूल्य रु. १०/– अंकित दरको ८,००,००,००० (आठ करोड) इकाईहरु २०७७ फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि २०७७ फागुन २५ गते निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन दिई हामीलाई देखाउनु भएको विश्वसनीयता प्रति सबै लगानीकर्ताहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
साथै, कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेका छ । आम लगानीकर्ताहरुले देखाउनु भएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्न गरेको छ ।































