काठमाडौं । आज विहीबार शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ दशमलव १४ विन्दुमा झरेको हो ।
बैंकिङ समूहको शेयर साढे ३७ अङ्कले ओरालो लागेको छ । यस्तै व्यापारको ५५, होटलको १७, विकास बैंकको ४७, जलविद्युतको २७, फाइनान्सको २५ घटेको छ ।
यस्तै उत्पादनको ७२, अन्यको ३६, माइक्रोफाइनान्सको ६०, जीवन बीमाको दुई सय ९९ र निर्जीवन बीमा समूहको शेयर एक सय ७६ अङ्कले घटेको हो ।
आज दुई सय ६ कम्पनीका एक करोड ५८ लाख ५६ हजार कित्ता शेयर ६ अर्ब नौ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ९० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।






























