GB Koirala Banner Ad New

‘कोभ्याक्स’ सुविधा मार्फत कोरोना खोप पाउने ‘घाना’ बन्यो विश्वकै पहिलो देश

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक घाना, कोभ्याक्स सुविधामार्फत कोरोना विरुद्धको खोप पाउने विश्वको पहिलो देश बनेको छ । घानाको राजधानी अक्रामा कोभ्याक्समार्फत एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको ६ लाख खोपको मात्रा पुगेको छ ।

घानामा हालसम्म ८० हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ५ सय ८० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वभर समान रुपमा कोरोनाको खोप पुर्‍याउने उद्देश्य राखेको छ । कोभ्याक्स मार्फत यो वर्षको अन्त्यसम्म १ सय ९० मुलुकमा दुई अरब खोप उपलब्ध गर्ने लक्ष्य लिइएको छ ।

कोम्याक्सबाट ९८ धनी मुलुकसंगै ९२ गरिब मुलुकलाई पनि खोपको सुनिश्चितता गर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले कोभ्याक्सको शुरुवातलाई महत्वपूर्ण अबसर भन्दै यसबाट महामारी अन्त्य हुने दिशा तर्फ उन्मुख हुने विश्वास जनाएको छ । एजेन्सी