GB Koirala Banner Ad New

स्मार्ट एप्समा ज्योति लाइफ इन्स्योरेन्सको आकर्षण सुबिधा

काठमाडौं । बीमित तथा अभिकर्ताहरुको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण सुबिधा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको छ । कम्पनीले आफ्ना सेवा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्रि बनाई थप प्रभावकारी तथा सहज सेवा पुयाउने उद्देश्यले थप सुविधा ल्याएको जनाएको छ ।

एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको कम्पनीले बताएको छ ।

बीमितहरुले ज्योति लाईफ इन्स्योरेन्सबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु आफैले उक्त एप्समा लग ईन मार्फत प्राप्त गर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको समेत त्यहाँबाट थाहा पाउन सकिन्छ ।

यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी,स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरिएकोे छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ ।

यस एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरिएकोे र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमा शुल्क गणनाको प्रोपोजल पठाउनरसेयर गर्न सक्नेछन् ।

त्यस्तै, अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियान बारे जानकारी समेत प्राप्त गर्न सकिने भएकोले सबै प्रकारका सेबा ग्राहिहरुले यस मोबाईल एप्सबाट लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।