काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. लहान शाखाबाट रु २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी २०७८/२/१३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरिएको छ ।
शकुन्तला कुमारी पोद्दारले २०७६/६/२७ गते रु २५ लाखको जीवन अमृत योजना खरिद गर्नु भएको थियो । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो । बिमा दावी भुक्तानी लिंदै गर्दा विमितको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।





























