GB Koirala Banner Ad New

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ७४४ रुपैयाँ तोकिएको छ ।

यही भाउलाई आधार मानेर बिहीबार यसको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सले जेठ २८ गते बस्ने वार्षिक साधारण सभाको लागि आज  जेठ १३ गतेदेखि बुक क्लोज गरेको हो ।

जेठ ११ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । हिमालयन जनरल इन्स्योरेन्सले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।