काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ करोड २५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा २।२०५ ले मात्र खुद नाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो ।
नेसनल लाइफ इन्स्योरेन्सको रिजर्भ कोष ६.४७ प्रतिशत र जीवन बिमा कोषमा पनि २७.५६ प्रतिशतले सुधार भएको छ । खुद बिमा शुल्क पनि ५३.६८ प्रतिशत ले बढेर ८ अर्ब ६९ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । तर पुँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने ९७ पैसाले घटेर १२ रुपैयाँ ६८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १ पैसा छ ।




























