GB Koirala Banner Ad New

एनएलजी इन्स्योरेन्सको नाफा ३५.२२% ले बढे 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ३५.२२ प्रतिशत ले खुद नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको छ ।

इन्स्योरेन्स कम्पनीले गत वर्षको यसै अवधिमा भने १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । एनएलजीले रिजर्भ कोषमा ५२.६३ प्रतिशत वृद्धि गरी ४२ करोड २८ लाख ५७ हजार रुपैयाँ जम्मा गरेको छ । बिमा कोषमा पनि १५.१३ प्रतिशतले सुधार हुँदै १ अर्ब २७ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

खुद बिमा शुल्क ३६.२५% र चुक्ता पुँजी ७१.२० प्रतिशत ले बढेको छ । गत वर्ष कम्पनीले ६०% हकप्रद सेयर बिक्री गरी पुँजी वृद्धि गरेको हो ।

पुँजी भारी मात्रामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी भने खुम्चिएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले घटेर २५ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ५५ रुपैयाँ ३३ पैसाले घटेर २३३ रुपैयाँ ७८ पैसामा सीमित भएको छ ।