काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ५५.८८% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो ।
सूर्या लाइफको रिजर्भ कोष ३४.७१% र जीवन बिमा कोषमा पनि ५०.८०% ले सुधार भएको छ । खुद बिमा शुल्क पनि ८२.५४% ले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
यसको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ १५ पैसा देखिएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै बढेका हुन् ।



























