GB Koirala Banner Ad New

आज अन्तिम दिन प्रभु इन्स्योरेन्स लिमिटेडको १०.५३% लाभांश सुरक्षित गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार वैशाख २३ गते  दिन हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २६ गते आइतबार बुक क्लोज गर्दैछ ।

यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । इन्स्योरेन्सले गत वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्दैछ । कम्पनीले जेठ ६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रभु इन्स्योरेन्स , प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।