GB Koirala Banner Ad New

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २४.८६% बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २४.८६% ले बढी हो ।

अघिल्लो वर्ष यसैअवधिमा यसले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद बिमा शुल्क र जीवन बिमा कोषको आकर पनि वृद्धि भएको छ ।

खुद बिमा शुल्क ३७.४९५ ले बढेर ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २३ करोड ७५ लाख ८७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । जीवन बिमा कोषको आकार पनि ३१.३५% ले बढेर १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।