GB Koirala Banner Ad New

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न

काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

काठमाण्डौको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं.३ का सम्पुर्ण शाखारउपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल ले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ ।

अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिनु भएको थियो । तालिममा ३ नं. प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो।

आजै संचालिन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम संचालन हुनेछ ।

नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

त्यसै गरी यो तालिम क्रमश अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको जानकारी गराएको छ ।