GB Koirala Banner Ad New

प्रिमियर इन्स्योरेन्सको चैत २३ गते वार्षिक साधारण सभा

काठमाडौं ।  प्रिमियर इन्स्योरेन्स कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभामा कर सहित ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रिमियरले हाल कायम १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त नगद लाभांश प्रस्ताव गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ देखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।