काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा एलआईसी शिक्षालय हल नक्सालमा सम्पन्न भएको हो । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उक्त सभा जुम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ।
सभामा अध्यक्षद्धारा संचालक समितिको वार्षिक प्रतिवेदन २०७५ /०७६ प्रस्तुत गरी अनुमोदन भएको छ । लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ को वासलात, आय व्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा समेत पारित भएको छ ।
त्यस्तै, सभामा सर्वसाधरण शेयरधनी तर्फ १ जना संचालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त संचालकको नियुक्तीलाई अनुमोदन गर्ने, पूँजी बृद्धि सम्बन्धमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुले आवश्यक बुझाव वा निर्देशन दिएमा सो अनुरुप समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित भएको छ ।





























