दोलखा । दोलखामा नेपाल टेलिकमले फाइबर सेवा भित्र्याएको छ। भिस्याट र रेडियो लिंकबाट सेवा प्रदान गर्दै आएको टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सक्रियतामा जिल्लामा जिल्लामा हालै फाइबर सेवा भित्र्याउन सफल भएको हो।
यो संगै एफटिटिएच अर्थात् ग्रहको घरसम्म फाइबर जडान गरि भोइस र डाटा सेवा प्रदान गर्न सकिने नेपाल टेलिकम दुर सञ्चार कार्यलय चरिकोटका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।
दोलखाको पर्यटकीय नगरी जिरी र मैनापोखरी बजारमा फाइबर नेटवर्किङको काम सकाएर बितरणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी चरिकोट स्थित तिखातल, सिमपानी, पाटीखोला, कारागार लगाएतको ठाउँमा नेटवर्किङ को काम सम्पन्न गरी करिब १७० वटा लाइन वितरण भएको छ। यो संगै यसअघि सञ्चालनमा रहेको एडिएसएल सेवा विस्थापित गरिएको छ। दोलखामा करिब एक हजार ग्राहकले टेलिकमको एडिएसएल सेवा उपभोग गर्दै आएका छन्।
आवश्यकता अनुसारको ब्याण्डविथ लिन र दिन सकिने फाइबर सेवामार्फत दोलखामा हाललाई ८ एमविपिएस देखि ६० एमबिपिएसको गतिमा सेवा दिन सकिने बताइएको छ।
कुल डाटा, भोइस खपत अधिकतम २।५ जिवि सम्म रहेको दोलखामा १० जिवि व्याण्डविथ सम्म सेवा प्रदान गर्न सकिने छ।
दोलखामा बर्दिबास सिन्धुली, रामेछाप र काठमाडौं लामोसागु मुडे हुँदै फाइबर लाइन भित्र्याइएको हो ।
यसबाट कुनै एकमा समस्या आए अर्कोबाट सेवा प्रदान गर्न सकिनेछ ।
२१ वटा टावरमा फोरजी
नेपाल टेलिकम कार्यलय चरिकोटले कुल २३ वटा टावरको सहायताले रेडियो लिंक मार्फत डाटा र भोइस सेवा गर्दै आएकोमा २१ वटा टावरमा फोर जी जडान गरेको छ। २१ वटा टावरमा फोर जी जडान गर्नुका साथै ११ स्थानमा टावर राख्न सर्भे भएको छ।
पर्यटकीय जिल्लाको सबै क्षेत्रमा उच्च गतिको भ्वाइस र डाटा सेवा दिने उद्देश्यले फोर जि जडानका साथै र टावर विस्तारको काम भइरहेको छ ।
यो संगै आगामी दिनमा दोलखाको सबैजसो ठाउँमा मोबाइल फोन सञ्चालन गर्न सकिने नेपाल टेलिकम दुर सञ्चार कार्यलय चरिकोटले जनाएको छ। ललितपुरको फुलचोकी, रामेछापको भालुखोप हुदै दोलखाको हनुमन्ते टावर र काभ्रेको धुलिखेल, सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोटको टावरबाट रेडियो लिंक गरि भ्वाइस तथा डाटा सेवा प्रदान गरिँदै आएको छ।





























