GB Koirala Banner Ad New

१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने

काठमाडौं । १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजारमा मार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ ।

उक्त प्याकेज मंगलबारदेखि लागू हुनेछ । डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ । ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइन मार्फत पनि खरिद गर्न सक्ने डिमहोमले जनाएको छ ।