GB Koirala Banner Ad New

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर ल्याएको छ । कम्पनीले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको हो । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरूलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको जनाएको छ ।

पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरू यथावत उपलब्ध छन् ।

नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि प्याकेज (प्याकज फर डिफरेन्टी एबल पर्सन) तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरूका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेज समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि यथावत राखिएका छन् ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ । यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरूले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ ।

पहिले *1415*2*4# डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज मिति २०८२ माघ ११ गते देखि उपलब्ध छ र आगामी ९० दिनसम्म उपलब्ध हुनेछ ।