GB Koirala Banner Ad New

शुक्रबार सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : आज शुक्रबार (फागुन ४ गते) सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाल सुनको १ लाख १७ हजार १०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ५५० रुपैयाँ रहेको छ ।
यसअघि बिहीबाट छापावाल सुनको १ लाख १६ हजार ५०० र तेजावीको १ लाख १५ हजार ९५० रुपैयाँ मूल्य कायम थियो । शुक्रबार प्रतितोला सुनको मूल्य ६०० रुपैयाँले बढेको हो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।