GB Koirala Banner Ad New

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

कृषि, पूर्वाधार, विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ।

भेटमा चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन(नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।

प्रधानमन्त्रीसहितको टोली एक साताको औपचारिक चीन भ्रमणका लागि आइतबार बेइजीङ पुगेका हुन् ।