मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (3rd Nepal 5P International Expo 2023)यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी रहेको र उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने छ ।
उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकको उदेश्य रहेको छ ।
































