काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्सर फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिजले कोरोनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई कर्मचारीको १२ महिनाको तलब उपलब्ध गराउने भएको छ ।
पाइप्सले सानो प्रयास स्वरुप आफ्ना हरेक देहान्त भएका कर्मचारीका परिवारलाई उक्त सहयोग गर्ने भएको हो ।
अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रासको भावना सिर्जना गरेको छ र दिनहुँ नै सयौंभन्दा बढी नेपालीहरु दिवन्गत हुन पुगिरहेका छन् । त्यसैले, पाइप्सले पनि सानो प्रयास स्वरुप आफ्ना हरेक देहान्त भएका कर्मचारीका परिवारलाई उक्त सहयोग गर्ने भएको हो । साथै, मंगलम केयर नामक आहवानको सुरुवात गरेको छ ।
“मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्ति हुन् । मंगलम पाइप्सको प्रारम्भिक दिनहरुदेखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ ।
हामी आशा गर्दछौं मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छौं ।” मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।































