काठमाडौं ।माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९।५७५ ले थोरै हो ।
गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा कमाएको थियो । यता, कम्पनीको बिद्युत बिक्रीबाट गर्ने आम्दानी पनि गत वर्षको भन्दा केही घटेको छ । यसले गर्दा नाफा प्रभावित भएको छ ।
गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ ।
यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८८ पैसा छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा रहेको थियो ।




























