काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५०% हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ः०.५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
प्रति कित्ता १०० रुपैयाँको दरमा हकप्रद सेयर जारी हुनेछ । यस हकप्रदमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।


























