काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ ।
यसअवधिमा फाइनान्सको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । अघिल्लो वर्ष १९ लाख ५१ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी असार मसान्तसम्म १९ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा कम्पनीको खुद नाफा ६९।८५५ ले बढेर १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
वितरणयोग्य नाफा ५१४९% ले बढेर बढेर ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसको खुद ब्याज आम्दानी २.०९% ले घटेर २६ करोड ५५ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ५५.४९% ले घटेको छ । प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा छ ।
गुडविल फाइनान्सको चौथो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।


























