GB Koirala Banner Ad New

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ बर्षीया सुनिता अधिकारीलाई आइताबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले अधिकारीको घर तलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका(५ बाट नियन्त्रित लागूऔषध ३० एम्पुल फेनारगन, ३० एम्पुल नोर्फिन र ३० एम्पुल डाइजेल्याव सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप शाक्य थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ