GB Koirala Banner Ad New

लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(३२ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा मिर्चैया नगरपालिका(३ घर भएका १९ वर्षीय जोनसोन कुमार शाह र सोही नगरपालिका(८ बस्ने २३ वर्षीय रबी पटेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले ७९ ट्याब्लेट सहित उनीहरुलाई फेला पारेको र शाहको कोठाबाट थप १ सय ८० ट्याबलेट नाइट्राभेट समेत बरामद गरेको छ ।

उक्त घटनाको थप अनुसन्धानको क्रममा सिरहा सिराहा नगरपालिका(९ घर भएका २३ वर्षीय मिलन यादबले तिनकुनेस्थित अन्नपूर्ण ब्वाईज होस्टेलमा लागूऔषध बेचबिखन गर्ने गरेको खुल्न आएपश्चात उक्त होस्टेलको कोठा तलासी गर्दा स्रोत नखुलेको ३ लाख ५० हजार रुपैयाँ फेला पारी मिलन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।