GB Koirala Banner Ad New

 ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकले एक जारी गर्दै आज उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउने छन् ।

सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ । रिपो जेठ २८ गते परिपक्क हुनेछ ।