काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक मार्फत भोली जेठ ११ गतेदेखि धमाधम आन्तरिक ऋण उठाउने भएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको हो ।
जस अनुसार ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको छ । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।





























