GB Koirala Banner Ad New

बैङ्कहरूले अत्यावश्यक ५ वटा सेवा मात्रै दिने

काठमाडौँ । निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैङ्कहरूमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैङ्कहरूले अत्यावश्यक ५ वटा सेवा मात्रै दिने भएका छन्।

नेपाल बैंकर्स एसोसिएसनको बैठकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक र आइपिएसर आरटिजिएस मार्फत रकम स्थानान्तरण गर्ने, रेमिटेन्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सेवाहरू मात्रै प्रदान हुने निर्णय गरेको हो ।

सङ्घले अत्यावश्यक बाहेक साधारण कार्यका लागि अहिले बैङ्कमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

‘नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ।’सङ्घद्वारा विज्ञप्तिमा भनेको छ ।

डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैङ्कमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सङ्घले आग्रह गरेको छ।