GB Koirala Banner Ad New

४० लाख इकाई ऋणपत्र बिक्री गर्न प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डको अनुमति

काठमाडौं । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइने छ । बैंकले १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी मेगा क्यापिटल मार्केटले लिएको छ । ।